दफा
थप अभियोगपत्र दायर गर्न सकिने
(१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष अदालतमा कुनै अभियुक्त उपर अभियोगपत्र दायर भैसकेपछि सो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणहरू फेला परेमा मुद्दा दायर भैसकेका अभियुक्तको हकमा साबिकमा भएको अनुसन्धानलाई कायमै राखी थप अनुसन्धान तहकिकात गर्न वा पहिले लिएको सजायको माग दाबीमा थप दाबी गर्न वा अन्य अभियुक्तको हकमा समेत मुद्दा दायर गर्न पर्ने भएमा थप माग दाबी लिन सोको कारण खोली सरकारी वकीलले अनुमतिको लागि विशेष अदालतमा निवेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा सोको कारण मनासिब भएमा विशेष अदालतले आवश्यकता अनुसार अनुमति दिन आदेश गर्न सक्नेछ र त्यस्तो आदेश भएमा पहिले मुद्दा दायर भएका अभियुक्त उपर थप सजाय माग दाबी गर्न वा थप अभियुक्त उपर थप अभियोगपत्र दायर गर्न सकिनेछ ।